धादिङमा आज थपिए १०३ संक्रमित
धादिङ। कोरोना संक्रमणका कारण जिल्लामा आज १०३ जना संक्रमित थपिएका छन्। संक्रमणको कारण जिल्लामा आज एक जनाको मृत्यु भयो भने २१७ जना डिस्चार्ज भएको जिल्लाका सुचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी गराए। उनका अनुसार दोस्रो लहर सुरु भएसँगै जिल्लामा ३९ जना संक्रमितको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्