कोरोना संक्रमणका कारण थप ९२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८ हजार नजिक काठमाडौं। बितेको चौबिस घण्टामा देशभर थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ६ हजार १५५ जनामा कोरोना पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्