उपत्यकामा थपिए ११ सय १५ जना कोरोना संक्रमित
काठमाडौं। बितेको चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा एक हजार ११५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा काठमाडौंमा ७९०, ललितपुरमा १९० र भक्तपुरमा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोनाका कारण यी तिनै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्