काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या साढे दुई लाख नाघ्यो
काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार १०७ पुगेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक लाख ९५ हजार २८, भक्तपुरमा २० हजार ९७६ र ललितपुरमा ३५ हजार १०३ जनामा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा हालसम्म कोरोनाका कारण दुई हजार ५३९ जनाले ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्