४७ जिल्लामा ५ सयभन्दा बढी उपचाररत कोरोना संक्रमित
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ४७ जिल्लामा ५ सयभन्दा बढी उपचाररत कोरोना संक्रमित रहेको जनाएको छ। ती जिल्लामा मोरङ, सुनसरी, झापा, ओखलढुंगा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिराहा, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी(पूर्व), तनहुँ, स्याङ्जा, लम्जुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी(पश्चिम), रोल्पा आदि छन्।
प्रतिक्रिया दिनुहोस्