उदयपुरमा करिब ५ सय संक्रमित उदयपुर। कोरोनाको नयाँ भेरियन्टका कारण उदयपुर जिल्लामा हालसम्म १ हजार ९ सय जनाको परीक्षणमा ४ सय ८६ जना सक्रिय संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी गराए। उनकाअनुसार हालसम्म जिल्लामा संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्य छ भने जिल्ला बाहिर गएर उपचाररत ७ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १५८ जना निको भई ३२८ जना संक्रमित भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्