कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ७ हजार ८८० जनाको मृत्यु
काठमाडांैं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ हजार ८८० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा २ हजार ११५ जना छन् भने ब्राजिलमा १ हजार ११९ जना छन्। यस्तै अर्जेन्टिनामा ७३२, कोलम्बियामा ५३५, रुसमा ३३०, अमेरिकामा ३०९,जर्मनीमा ११४, इरानमा १२०, पेरुमा २४६, इन्डोनेसियामा १९१, चिलीमा १२१ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्