कोरोनाबाट पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको मृत्यु
ताप्लेजुङ। पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। गत वैशाखमा न्युयोर्क गएका बरुवालको उपचारका क्रममा मृत्यु भएको हो। ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए।
झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएका थिए।
प्रतिक्रिया दिनुहोस्