बाँकेमा थप तीन संक्रमितको मृत्यु
नेपालगञ्ज। बाँके जिल्लामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका ६३ वर्षीय पुरुष, बर्दियाका ६१ वर्षीय पुरुष र बाँकेका ६५ वर्षीय पुरुष गरी तीन संक्रमितको मृत्यु भएको हो। जिल्ला भित्रका ३०३ जना र जिल्ला बाहिरका तीन सय २१ जना गरी बाँके जिल्लामा ६२४ जना संक्रमितको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्