आज देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भए काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८४.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनाका कोरोना संक्रमण भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्