नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख नाघ्यो काठमाडौं। नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या पाँच लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म नेपालमा ५ लाख ४ हजार ५३० जना कोरोना मुक्त भएको जनाएको छ। नेपालमा हालसम्म ३२ लाख ४८ हजार ५९२ नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये हालसम्म ६ लाख ११ हजार ३०८ जनामा कोरोना पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्