काडमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या २० हजारभन्दा कम काठमाडौं। काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या २० हजारबाट तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा कुल सक्रिय संक्रमितको संख्या १९ हजार ३७८ रहेको छ। काठमाडौंमा ११ हजार ४२३, भक्तपुरमा ३ हजार ४५४ र ललितपुरमा ४ हजार ५०१ जना सक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्