एनआरएनएद्वारा २५० चिकित्सक परिचालन काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीविरुद्ध लड्न विश्वभर २ सय ५० जना चिकित्सक परिचालन गरेको बताएको छ।संघले विज्ञप्ति जारी गर्दै नेपाली समुदायको स्वास्थ्य सुरक्षाको लागि चिकित्सक परिचालन गरेको जनाएको हो।संघले नेपाली समुदाय रहेका विश्वका ५० देशमा २ हजार ५ सय स्वयमसेवक खटाइएको समेत दाबी गरेको छ। स्वयमसेवकहरुले हालसम्म अप्ठेरोमा परेका २ लाख नेपालीलाई प्रत्यक्ष सहयोग गरेको संघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्