२२ जना बिरामी कम गर्न आगराको अस्पतालमा अक्सिजन बन्द गरियो!
बीबीसी।भारतको उत्तर प्रदेशको आगरास्थित पारस अस्पतालका संचालक डा.अरिन्जय जैनको एक भिडियो अहिले भाइरल बनेको छ।भिडियोमा उनले भनेका छन्– “अस्पतालमा बिरामीलाई डिस्चार्ज गर्न पाँच मिनेट अक्सिजन सप्लाई बन्द गरिएको थिया।”पारस अस्पतालमा अप्रिल २६–२७ मा अक्सिजनको कमीका कारण २२ जना बिरामीको मृत्यु भएको थियो।बिरामीका परिवारले अस्पतालको लापरबाहीका कारण उनीहरुको मृत्यु भएको बताएका थिए। स्थानीय प्रशासनले अहिले यो घटनाको जाँच गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्