मास्टरकार्डले अफ्रिकामा भ्याक्सिन किन्न एक अर्ब ३० करोड डलर दिने
एजेन्सी।मास्टरकार्ड फाउन्डेसनले अफ्रिकामा कोरोना खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर दिने भएको छ। फाउन्डेसनले उक्त रकम तीन वर्षभित्र खर्च गर्नेछ। फाउन्डेसनले पहिलोपटक अघि सारेको यो अभियानबाट अफ्रिकालाई ठूलो राहत पुग्नेछ। समयमै खोप लगाउन नसके अफ्रिकामा कोरोनाको तेस्रो लहर आउने अनुमान गरिएको छ। जोनसन एन्ड जोनसन कम्पनीले २२ करोड डोज खोप अफ्रिकी युनियनलाई उपलब्ध गराउने सम्झौता गरेको छ।
प्रतिक्रिया दिनुहोस्