निषेधाज्ञा जारी भएपछिको ४१ दिनमा कोरोनाका कारण ४५ सयभन्दा बढीको मृत्यु
काठमाडौं। सरकारले कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेपछिका कोरोना संक्रमणबाट ४१ दिनमा ४ हजार ८८७ जनाको मृत्यु भएको छ। सरकारले गत वैशाख १६ गतेदेखि क्रमशः राजधानी काठमाडौंलगायत देशका ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा जारी गरेको छ। यो अवधिमा औषतमा दैनिक ११९.१९ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरबाट मृत्यु भएकामध्ये ६०.३४ प्रतिशतको पछिल्ला ४१ दिनमा भएको हो।
प्रतिक्रिया दिनुहोस्