पछिल्लो एक सातामा परीक्षण गरेकामध्ये ३८ प्रतिशतभन्दा बढीमा संक्रमण काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक सातामा परीक्षण गरिएका नमुनमध्ये ३८.१६ प्रतिशतमा कोरोना संक्रमण भेटिएको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो एक सातामा पीसीआर र एन्टीजेन विधिबाट कूल ९४ हजार २५४ जनाको परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३५ हजार ९६८ जनामा संक्रमण देखिएको थियो। यो भनेको ३८.१६ प्रतिशत हो। पछिल्लो एक सातामा ४८ हजार ७३५ जना संक्रमित निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्