यी हुन् पछिल्लो चौध दिनमा सबैभन्दा बढी संक्रमित बढेका १० जिल्ला
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौध दिनमा कोरोना संक्रमण सबैभन्दा बढी संक्रमण १० जिल्लामा देखिएको बताएको छ। ती १० जिल्लामध्ये अधिकांश ग्रामीण क्षेत्र बढी भएका जिल्ला छन्। तथ्याङ्कले संक्रमण सहरबाट गाउँतिर फैलँदै गरेको पुष्टि गर्ने मन्त्रालयको भनाई छ। सबैभन्दा बढी संक्रमीत बढेका १० जिल्लामा पाँचथर, ओखलढुंगा, तेह्रथुम, सिराहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुला रहेका छन्।
प्रतिक्रिया दिनुहोस्