उपत्यकामा साढे १८ हजारभन्दा बढी सक्रिय संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्लामा कूल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ६ सय २८ रहेको जनाएको छ। जसअनुसार काठमाडौंमा ११ हजार ८५ जना, भक्तपुरमा ३ हजार २२३ जना र ललितपुरमा ४ हजार ३२० जना रहेका छन्। कोरोना संक्रमण बढेका कारण प्रशाशनले गत वैशाख १६ गतेदेखि उपत्यकामा निरन्तर निषेधाज्ञा जारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्