भारतमा २४ घन्टामा अहिलेसम्मकै बढी ६ हजार १४८ जनाको मृत्यु
एजेन्सी। कोरोना भाइरसको संक्रमण घट्दै गएको भारतमा मृत्यु संख्याले नयाँ रेकर्ड बनाएको छ। पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट ६ हजार १४८ जनाको मृत्यु भएको छ। भारतमा यो कोरोनाबाट एकैदिन भएको सर्वाधिक मृत्यु हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ। संक्रमितको संख्या भने लगातार तेस्रो दिन एक लाख भन्दा कम छ।
प्रतिक्रिया दिनुहोस्