बाँकेमा थप तीन जना संक्रमितको मृत्यु
नेपालगञ्ज। कोरोना महामारीका कारण बाँके जिल्लामा थप तीन संक्रमितको मृत्यु भएको छ। जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका ६५ वर्षीय पुरुष, दाङका ५३ वर्षीय पुरुष र बर्दियाकी ६५ वर्षीया महिला गरी तीन संक्रमितको मृत्यु भएको हो। बाँके जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण ६३२ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्