मनाङमा संक्रमितको संख्या सय भन्दा बढी
मनाङ। कोरोना संक्रमणको कारण मनाङ जिल्लामा १०७ जनामा संक्रमण पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जिल्लामा हाल ३३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १४ जना संस्थागत आईसोलेसनमा छन् भने १९ जना होम आईसोलेसनमा रहेको उनले बताए। उनका अनुसार गण्डकी अस्पतालमा कोरोनाको कारण मनाङका २ जना संक्रमितको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्