उदयपुर अस्पतालमा चार संक्रमितको मृत्यु
उदयपुर। कोरोना संक्रमणको कारण उदयपुर अस्पतालमा चार संक्रमितको मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन शिव यादवले जानकारी दिए। ८४ वर्षीय पुरुष, ५० वर्षीय महिला, ५६ वर्षीय पुरुष र ४१ वर्षीय पुरुष गरी उदयपुरका चार संक्रमितको मृत्यु भएको उनले बताए। उनकाअनुसार आजसम्म ७० जना संक्रमित अस्पताल भर्ना भएका छन्।
प्रतिक्रिया दिनुहोस्