पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनसय बढीले कोरोना जिते
पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३०५ जना कोरोना संक्रमित निको भएका छन्। अस्पतालका कोरोना फोकलपर्सन शरदचन्द्र बरालकाअनुसार अस्पतालमा अहिलेसम्म ६० संक्रमितले ज्यान गुमाएका छन्। अस्पतालमा हाल ७१ संक्रमितको उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्