भेरी अस्पतालमा ८० संक्रमितको उपचार हुँदै
बाँके। भेरी अस्पतालमा आज ८० संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी गराए। ३१ महिला र ४९ जना पुरुष संक्रमित रहेका छन्। संक्रमितमध्ये ६ जना भेन्टिलेटरमा, २९ जना आइसीयुमा र ४५ जना एचडीयुमा उपचार भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्