चीनको ग्वाङ्झाउमा मनोरञ्जन स्थल बन्द एजेन्सी। कोरोना संक्रमण वृद्धि हुन थालेपछि चीनको दक्षिणी प्रान्त ग्वाङ्झाउमा मनोरञ्जनस्थल बन्द गरिएको छ। सिनेमा घर, नाइट क्लब तथा बन्द कोठामा हुने गतिविधि बन्द गर्न आदेश दिइएको हो। अहिले ग्वाङ्झाउका बासिन्दा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन पाउँदैनन्। बहिर निस्कनका लागि कोरोना संक्रमण मुक्त भएको प्रमाण देखाउन पर्ने नियम बनाइएको छ। चीनले कोरोना नियन्त्रण गर्न कडा नियम अख्तियार गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्