काठमाडौं महानगरपालिका भित्र ५८ हजारभन्दा बढीले जिते कोरोना
काठमाडौं। देशमै सबैभन्दा धेरै जनसंख्या भएको पालिका काठमाडौं महानगरपालिका भित्र हालसम्म ५८ हजार ४५० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। महानगरपालिकामा हालसम्म ६५ हजार ७०२ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणका कारण ४५७ जनाको मृत्यु भएको महानगरपालिकाले जनाएको छ। हाल महानगरपालिका भित्र कोरोना भाइरसका ६ हजार ७९५ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्