झापामा १६७ संक्रमितको मृत्यु झापा। कोरोनाका कारण झापा जिल्लामा हालसम्म १६७ जना संक्रमितको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी गराए। उनका अनुसार जिल्लामा शनिबार तीन संक्रमितको मृत्यु भएको छ। झापाका ७३, ६० र ६६ वर्षीय तीन जना महिलाको हिजो कोरोनाका कारण निधन भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्