चीनमा कोरोना नियन्त्रणका लागि ड्रोन परिचालन
एजेन्सी। कोरोना संक्रमणलाई नियन्त्रण गर्न दक्षिणी चिनियाँ शहर गोन्झाउमा ६० वटा ड्रोनको एक समूह परिचालन गरिएको छ। यी ड्रोनले मानिसहरूलाई घरभित्र राख्न र बाहिर आउनेहरूलाई मास्क लगाउन सम्झाउनेछ। गोन्झाउमा पछिल्लो समय भारतमा पत्ता लागेको डेल्टा भाइरसको बढिरहेको देखिएको छ। जसको नियन्त्रणका लागि त्यहाँका अधिकारीहरुले ड्रोन परिचालन गरेका हुन्। गोन्झाउमा हाल १०० भन्दा धेरै संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्