कर्णालीमा कोरोना संक्रमण सबैभन्दा बढी काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमणदर रहेको बताएको छ। मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा कर्णाली प्रदेशमा परीक्षण गरिएकामध्ये ४२.९ प्रतिशतमा संक्रमण देखिएको हो। यस्तै गण्डकीमा २८.३ प्रतिशत, प्रदेश नं.१ मा २४.९२ प्रतिशत र बागमतीमा २४.४ प्रतिशतमा संक्रमण रहेको पाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्