बाँकेमा ६४६ संक्रमितको मृत्यु
बाँके। जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६४६ पुगेको जिल्लाका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी गराए। बाँके जिल्लाका ३०८ र जिल्ला बाहिरका ३३८ जनाको मृत्यु भएको हो। सोमबार बिहान जिल्लामा करिब आठ बजे बाँके जिल्लाका ६८ बर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको ओलीले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्