नियन्त्रणतर्फ महामारी : नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतबाट तल झर्यो काठमाडौं। नेपालमा कोरोना महामारी विस्तारै नियन्त्रणतर्फ अघि बढेको छ। एक महिनाअघि संक्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको थियो। आज यो दर झरेर १९.६९ प्रतिशतमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर १४ हजार ८१९ जनाको परिक्षण गर्दा दुई हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्