दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो झापा। दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ। दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको हो। दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कुल एक हजार १३७ जना सङ्क्रमण मुक्त भइसकेका छन्। दमकमा पीसीआर तथा एन्टिजेन परीक्षणमार्फत हालसम्म कूल एक हजार ५१२ जनामा कोरोनाको दोस्रो भेरियन्ट पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्