भारतमा ७५ दिनपछि सबैभन्दा कम ६० हजार संक्रमित भेटिए एजेन्सी। कोरोना भाइरस संक्रमण घट्दै गएको भारतमा पछिल्लो २४ घन्टामा ७५ दिन यताकै कम अर्थात ६० हजार ४७१ जना संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घन्टामा २ हजार ७२६ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट हालसम्म ३ लाख ७७ हजार ३१ जनाको मृत्यु भइसकेको छ । संक्रमण कम भएसँगै भारतका विभिन्न राज्यमा लकडाउन खुकुलो पारिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्