उपत्यकामा सक्रियसंक्रमितको संख्या साढे १३ हजार काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा आज सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ३०३ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७ हजार ७८३ जना, ललितपुरमा ३ हजार २०३ जना र भक्तपुरमा २ हजार ३१७ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा पछिल्ला दिन कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्