धरानमा थप एक कोभिड–१९ संक्रमितको मृत्यु काठमाडौं। धरानमा थप एक जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ। धरान–१६ का ८० वर्षका एक पुरुषको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डाक्टर चुडामणि पोखरेलले जानकारी दिए। जेठ २४ गते कोभिड–१९ संक्रमण पुष्टि भई सोही दिन अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राती मृत्यु भएको अस्पतालले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्