आज थपिए कोरोनाका २४ सय नयाँ संक्रमित काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका २४ सय १ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरमार्फत सात हजार १० र आरडीटी विधिबाट चार हजार ६८६ जनामा गरिएको परीक्षणमा सोही संख्यामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या छ लाख ४५ हजार २०९ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्