उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ७२
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ७२ रहेको जनाएको छ। सक्रिय संक्रमितमध्ये काठमाडौंमा ६ हजार ३८ जना, ललितपुरमा २ हजार ८५६ जना र भक्तपुरमा २ हजार १७८ जना रहेका छन्। काठमाडौं उपत्यकामा पछिल्ला दिन सक्रिय संक्रमितको संख्या क्रमशः घट्दै गएको छ।
प्रतिक्रिया दिनुहोस्