काठमाडौंमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ सय नाघ्यो काठमाडौं। काठमाडौंमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म काठमाडौंमा कोरोनाका कारण एक हजार ८११ जनाले ज्यान गुमाइसकेका छन्। काठमाडौंमा आजसम्म दुई लाख एक हजार ९१ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये एक लाख ९३ हजार २४२ जना निको भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्