काठमाडौं महानगरपालिकाभित्र ६० हजारभन्दा बढी संक्रमित निको भए
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र हालसम्म ६० हजार ४९५ जना कोरोना संक्रमित निको भइसकेका छन्। महानगरपालिकाका अनुसार महानगरभित्र हालसम्म ६६ हजार ५६५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमण भएकामध्ये ४५८ जनाको मृत्यु भएको छ। हाल महानगरभित्र ५ हजार ६१२ जना सक्रिय कोरोना संक्रमित रहेको महानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्