ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो एजेन्सी। ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी ५ लाख ८६८ जनाको मृत्यु भएको छ। राष्ट्रपति जायर बोल्सोनारोले सामाजिक सुरक्षाका उपाय अपनाउन अस्वीकार गरिरहँदा ब्राजिलकाे अवस्था गम्भीर बनेको हो। खोप अभियान सुस्त हुँदा महामारी आगामी दिनमा थप गम्भीर बन्न सक्ने विज्ञको चेतावनी छ। महामारी नियन्त्रणमा सरकारका प्रयास पर्याप्त नभएको भन्दै आलोचना भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्