भारतमा ८१ दिनपछि ६० हजारभन्दा कम संक्रमित भेटिए एजेन्सी। कोरोनाको दोस्रो लहरमा अत्यधिक प्रभावित बनेको भारतमा ८१ दिनपछि ६० हजारभन्दा कम संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ४१९ संक्रमित थपिएका छन् भने १ हजार ५७६ जनाको मृत्यु भएको छ। यो अवधिमा ८७ हजार ६१९ जना संक्रमणमुक्त भएका छन्। भारतमा २४ घन्टामा ३९ लाख १० हजार ५५४ जनाले खोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्