चीनले लगायो एक अर्ब डोज खोप काठमाडौं। चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ। आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र दशकरोड डोजभन्दा बढी खोप लगाइएको छ। गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरिएको हो। चीनमा सञ्चालित खोप अभियानमा१८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्