भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण
रासस। भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिनअघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरेको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो। शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ। सङ्क्रमण पुष्टि भएका सबैलाई आवश्यक औषधिसहित होम आइसोलेसनमा बस्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्