परीक्षण बढाइएसँगै संक्रमितको संख्या बढ्यो, आज थपिए ४५ सय २२ जना संक्रमित काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ५४ हजार ४७० जना पुगेको छ। पछिल्लो चौबिस घण्टामा १२ हजार २०४ जनाको पीसीआर र ४ हजार ७०९ जनाको एन्टीजेन विधि गरी कूल १६ हजार ९१३ जनाको परीक्षण गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्