कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको बताएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ। नेपालमा हालसम्म कोरोना संक्रमणको मृत्युदर १.५ प्रतिशत रहेको छ। नेपालमा ६ लाख ५४ हजार ४७० जनामा कोरोना पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्