कोरोनाका कारण यसअघि जोड्न छुटेका २९ सहित थप ८१ जनाको मृत्यु
काठमाडौं। बितेको चौबिस घण्टामा कोरोना संक्रमणका कारण देशभर ५२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि कोरोनाका कारण मृत्यु भएका २९ जनालाई समेत जोड्दा मृतकको संख्या ८१ पुगेको जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ८९४ पुगेको छ। नेपालमा हालसम्म ६ लाख ५६ हजार ८९१ जनामा कोरोना पुष्टि भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्