नेपालमा साढे ३४ लाखभन्दा बढीको कोरोना परीक्षण
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ३४ लाख ५२ हजार ५९ कोरोनाको नमूना परीक्षण गरिएको जनाएको छ। मन्त्रालयको प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार ३२ लाख ९५ हजार ५१४ को पीसीआर र एकलाख ५६ हजार ५४५ को एन्टीजेन विधिबाट परीक्षण गरिएको हो। परीक्षण गरिएका नमुनामध्ये छलाख ५६ हजार ८९१ वटामा कोरोना पुष्टि भएको थियो। संक्रमितमध्ये आठहजार ८९४ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्