उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ हजार १७७
काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १० हजारबाट तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ हजार १७७ रहेको छ। सक्रिय संक्रमितमध्ये काठमाडौंमा ४ हजार ६९७ जना, ललितपुरमा २ हजार ५५८ जना र भक्तपुरमा एक हजार ९२१ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस्