कोरोनाबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु पाँचथर। कोरोना सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ। बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको हो। आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो। केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्